नियम ११८
सम्झौता गर्न कार्य सम्पादन जमानत पेश गर्नु पर्ने
(१) स्वीकृत बोलपत्रको
बोलपत्रदाताले ऐनको दफा २७ को उपदफा (४) बमोजिम कार्यसम्पादन जमानत पेश
गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको ढा“चामा ऐनको दफा २७ को
उपदफा (३) बमोजिमको म्याद भित्र वाणिज्य बैड्ढबाट जारी भएको कार्यसम्पादन
जमानत पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन जमानतको रकम खरिद सम्झौता
रकमकोे पा“च प्रतिशत हुनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम खरिद सम्झौतामा रकम नखुल्ने सम्झौताको हकमा
बोलपत्र सम्बन्धी कागजातमा तोकी दिएको कार्यसम्पादन जमानत पेश गर्नु पर्नेछ ।
(४) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा वाहेक उपनियम (१)
बमोजिमको कार्यसम्पादन जमानतको मान्य अवधि त्यस्तो सम्झौतामा उल्लिखित
मालसामान आपूर्ति वा हस्तान्तरण गर्नु पर्नेे अन्तिम अवधि वा प्रत्याभूति (वारेन्टी) को
अवधि वा निर्माण कार्यको त्रुटि सच्याउने दायित्व (डिफेक्ट लायबिलिटिज) को अवधि
भन्दा कम्तीमा एक महिना बढी अवधिको हुनु पर्नेछ ।
(५) विदेशी बैड्ढले जारी गरेको कार्य सम्पादन जमानत नेपालमा स्थापना भएको
कुनै वाणिज्य बैड्ढले प्रति प्रत्याभूति (काउण्टर ग्यारेन्टी) गरेको भएमा मात्र मान्य
हुनेछ ।